प्रतिनिधिसभाको बैठक आजको बैठक सुरु भएको छ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।
आजको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। यस अघि चैत २३ गते पनि प्रतिनिधिसभाको बैठक बसेको थियो।































प्रतिक्रिया