प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले स्लोभाक गणतन्त्र स्लोभाकको प्रधानमन्त्रीमा एडुवार्ड हेगेर नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हेगेरलाई आज एक बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध सुमधुर रहेकामा सन्तुष्टि व्यक्त गरेका हुन्। 

सन्देशमा उनले द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी र प्रविधिका क्षेत्रमा अझ विस्तार गर्ने नेपालको चाहना व्यक्त गर्नुका साथै जनस्तरको सम्बन्ध र सम्पर्कलाई सुदृढ तुल्याउने अभिलाषा प्रकट गरेका छन् । कोभिड–१९ को महामारीविरुद्धको स्लोभाक गणतन्त्रको लडाइँप्रति प्रधानमन्त्री ओलीले ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इभान कोर्कोक गणतन्त्र स्लोभाकको परराष्ट्र तथा युरोपेली मामिलामन्त्री नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन्। उनलाई आजै पठाएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले भूपरिवेष्टित एवं पर्वतीय देश नेपाल र गणतन्त्र स्लोभाकले साझा चासोका विषयमा द्विपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सघन साझेदारी गर्नुपर्नेमा जोड दिए। 

आजै परराष्ट्रमन्त्री ज्ञवालीले ब्राजिलको विदेशमन्त्रीमा कार्लोस अलवेर्टो फ्राङ्को फ्राङ्का नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन् । नवनियुक्त विदेशमन्त्रीलाई पठाएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले व्यापार, लगानी, कृषि प्रविधि तथा पर्यटन क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्धनको अवसर नेपालले खोजिरहेको उल्लेख गरेका छन्।रासस

Logo