पत्रकार महासंघ निर्वाचन: ६० जिल्लाको मतपरिणाम सार्वजनिक, विपुल समूह अग्रस्थानमा

पत्रकार महासंघ निर्वाचन: ६० जिल्लाको मतपरिणाम सार्वजनिक, विपुल समूह अग्रस्थानमा

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ।

निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ। रुकुमपूर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो। अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए। 

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मतगणना भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ। पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिष्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए। 

पछिल्लो मत परिणाम अनुसार, पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए। 

सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाई भएको बताए। मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो। 

Logo