पूर्वराजा ज्ञानेन्द्र हरिद्वारमा

पूर्वराजा ज्ञानेन्द्र हरिद्वारमा


निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणामा नेपालका पूर्वराजा ज्ञानेन्द्र हरिद्वार आइपुगेका छन्।

हरिद्वारको गंगा किनारस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चार साथ पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको छ। अहिले ज्ञानेन्द्र शाह माँ दक्षिणकालीको पूजा अर्चना गर्दैछन्।

यसभन्दा अघि भेटघाट कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले अति शालीनताका साथ सबैसँग भेटघाट गरेका थिए। नेपालबाट आएका पत्रकारसँग उनले बसोबासको व्यवस्थाबारे सोधेका थिए।

स्वामी कैलाशानन्दजी महाराजको अति विशिष्ट कक्षमा पूजा अर्चनाका लागि उनले लुगा फेरेका थिए ।

ज्ञानेन्द्र शाहले भगवा लुगा लगाउँदा यस पंक्तिकारले सोध्यो, मे आई टेक फोटो इन दिस ड्रेस ?
 
उनले व्हाई नट यू क्यान टेक भने पछि उनले भगवा लगाएको फोटो लियो यस पंक्तिकारले।

इज दिस योर फर्स्ट फोटो इन दिस ड्रेस , भन्ने प्रश्नमा उनले आफूले पहिला पनि यस्तो ड्रेस लगाएको बताए।

बट इन दिस कलर ?

यस इन दिस कलर फर्स्ट टाइम एन्ड यू अर फर्स्ट पर्सन हु शाट इट।

उनको पूजा अर्चन कार्यक्रम झन्डै ४५मिनेट चलेको थियो।

तत पश्चात जलपान गरे पछि एउटा सार्वजनिक कार्यक्रममा उनको अभिनन्दन गरिनेछ। 

अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष श्री महन्त नरेन्द्र गिरी एवं  मनसा देवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महन्त रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधुसन्तले उनलाई स्वागत गर्दै आशीर्वाद दिनेछन्।

ज्ञानेन्द्र शाहले छोटो सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ। उनी आइतबार र सोमबार हरिद्वारमै रहने कार्यक्रम छ।

आज साँझ उनको दश हजार साधुसन्तसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ।

Logo