काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद भीमबहादुर रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् ।
आज प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई जानकारी दिएका हुन् ।
‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैं भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनु पर्ने हो । निवेदन दिइरहनु पर्ने होइन ।’ उनले भनेका छन् ।
उनले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि उल्लेख गरेका छन् ।






























प्रतिक्रिया