कर्णाली प्रदेश सरकार हालका लागि जोगिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै सरकार जोगिएको हो ।
आज बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत पाएका छन् । उनको पक्षमा २२ मत परेको थियो भने विपक्षमा १५ मत मात्र रहेको थियो ।
विश्वासको मतको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षका सांसदहरुको साथ रहेको थियो भने एमालेकै ओली पक्षका सांसदहरुले भने विपक्षमा मतदान गरेका थिए ।





























प्रतिक्रिया