माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय?

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रबिन्दुलाई जानकारी दिए। 

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण नयाँ सरकार बन्न नसकेको कांग्रेस र जसपाले अरोप लगाइरहेका बेला बस्न लागेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकलाई अर्थपूर्णरुपमा लिइएको छ। 

Logo