निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणामा भारत गएका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह आइतबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाहलाई स्वागत गर्नका लागि ठूलो भीड जम्मा भएको थियो । उनीहरु त्रिभुवन विमानस्थलको गेटमा पुष्पगुच्छा र देशको राष्ट्रिय झण्डा बोकेर बसेका थिए ।
पूर्वराजा शाहको स्वागतमा राजसंस्था र हिन्दूराष्ट्र समर्थकहरूले काठमाडौंमा ¥याली समेत निकालेका थिए। विमानस्थलको भित्री गेटसम्म पुगेका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा लगाएका थिए । त्यस्तै विमानस्थल परिसरभित्रै पञ्चेवाजासमेत घन्काइएको थियो।































प्रतिक्रिया