बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी, के होला निर्णय?

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी, के होला निर्णय?

केन्द्रबिन्दु
0
Shares

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको हो।

आजको बैठकमा १४औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।

यस अघि सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको थियो । 

साथै कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार निर्माण गर्न पहल गर्ने पनि निर्णय गरिसकेको छ।

Logo