कर्णाली प्रदेशमा 'फ्लोर क्रस' गर्ने ४ जना नेकपा (एमाले) का प्रदेशसभा सांसद् पार्टीबाट निष्काशन भएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले उनीहरुलाई पार्टी र संसद् सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।
निष्काशित हुनेमा प्रदेशसभा सांसद्हरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही छन्।
उनीहरुले माओवादी केन्द्रबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई पार्टी निर्णय विपरित फ्लोर क्रस गरेर मत दिएका थिए। उनीहरुकै मतको सहयोगमा शाही सरकार जोगिएको थियो ।
एमालेबाट निष्काशितमध्ये प्रकाश ज्वालाबाहेक तीन जना अहिले कर्णालीमा मन्त्री बनेका छन्।





























प्रतिक्रिया