उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुको बैठक बस्दै

उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमण नियन्त्रणका लागि छलफल गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने भएको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा थप कडाइ गर्न सक्ने बताइएको छ।

यस अघि आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन र शैक्षिक संस्थाका परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। आजै बेलुका मन्त्रिपरिषद्को बैठक समेत बस्दैछ।

Logo