पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधबकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन्।
सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए। आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ। पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा।” अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उनले भने, “कहाँबाट पार्टी फुटाउनु। हामी यो पार्टीका कार्यकर्तालाई लाखापाखा हुन दिँदैनौं। एकताबद्ध बनाउँछौं। सही विचारको पक्षमा उभिने बनाउँछौं।”
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो। उनले भने, “उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो।” आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उनले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताए। उनले भने, “पार्टी विभाजन भएको छैन। लचिलो बन्नु पर्यो भन्ने कुरा हो।”
कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उनको भनाइ थियो। समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उनले बताए। पार्टीभित्रको समस्या के हो ? कार्यकर्ताको भावना के हो भन्ने बुझ्न जरुरी रहेको उनको जिकिर थियो। कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारबाही जायज नभएको नेता नेपालले दाबी गरे।





























प्रतिक्रिया