कोभिड प्रभावः सर्वोच्चले तोक्यो दुईवटा इजलास मात्रै

कोभिड प्रभावः सर्वोच्चले तोक्यो दुईवटा इजलास मात्रै

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले कोभिड–१९ को संक्रमण फैलिएका कारण सेवामा कटौती गरेपछि बुधबार दुईवटा मात्रै इजलास तोकेको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलास तथा न्यायाधीश नहकुल सुवेदीको एकल इजलास तोकिएको छ।

दुईवटै इजलासमा गरि ६ वटा रिटको पेसी तोकिएको छ। तोकिएका सबै रिट बन्दीप्रत्यक्षीकरणका हुन्।

कोभिडको नयाँ भेरियन्ट नेपालसहित विश्वव्यापीरूपमा तीव्र गतिमा फैलिएका कारण मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले अदालतहरूबाट प्रवाह हुने सेवामा कटौती गर्नेे निर्णय गरेको थियो।

सेवा कटौती अवधि यही वैशाख मसान्तसम्म हो। त्यस अवधिमा बन्दीप्रत्यक्षीकरण, कोभिड महामारी र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको मात्रै सुनुवाइ गर्ने सर्वोच्चले निर्णय गरेको छ।

सेवा प्रवाह स्थगत भएका मुद्दा, रिट र निवेदनहरूको म्याद नगुज्रिने भएको छ। 

Logo