गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिएको छ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको खोजी गर्न माग गर्दै जनमोर्चाकी नेता तथा प्रदेश सांसद पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका हुन्।
मुख्यमन्त्री परिर्वतन वा यथावत् भन्ने विषयमा निर्णायक मानिएको आजको बैठक दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको आरोप एमालेले लगाएको छ । योसँगै अर्को बैठक अनिश्चित भएको छ।






























प्रतिक्रिया