कालिकामाई गाउँपालिकाका अध्यक्षको निधन

कालिकामाई गाउँपालिकाका अध्यक्षको निधन

केन्द्रबिन्दु
0
Shares

पर्साका कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ। शुक्रवार बिहान अढाई बजे वीरगंज ११ श्रीपुरस्थित डेरामा उनको मृत्यु भएको परिवारजनले जनाएका छन्।

कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् । उनकाे आज नै  दाहसंस्कारका गरिने बताइकाे छ । उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।

यसअघि उनी भेडिहारी गाउँ पञ्चायतमा एक पटक र प्रजातन्त्र आएपछि तीन पटक गाविस अध्यक्ष बनेका थिए। उनले भेडिहारीकै सुकई साह मावि सञ्चालनको लागि जग्ग दान गरेका थिए। गाउँका कतिपय जेहेन्दार विद्यार्थीलाई निजी खर्चमा इन्जियरिङसमेत पढाएर उनले समाजिक कार्य गरेका थिए । 

Logo