बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारेको अभियोगमा दोषी ठहरिएका अख्तियारका पूर्वप्रमुख आयुक्त द्विप बस्न्यातले बन्दीप्रत्यक्षीकरण निवेदन दिएका छन्।
छोरी ज्वाइँ प्रज्वल अधिकारीले शुक्रबार बस्न्यातको तर्फबाट बन्दीप्रत्यक्षीकरण निवेदन दिएका हुन्।
रिटमा मुटु रोगी रहेको र कोभिड संक्रमण पनि बढ्दै गएकाले धरौटी बुझाएर मुद्दा लड्ने भनिएको छ।
विशेष अदालतले गत मंसिर १८ गते ललिता निवासको ११३ रोपनी जग्गा किर्ते गरी व्यक्तिको नाममा पार्न मुख्य भूमिका निर्वाह गरेको ठहर गरेको छ।
त्यसपछि धरौटीमा छाड्ने नभई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध उनले गत माघ २ गते सर्वोच्चमै निवेदन दिएका थिए।
सर्वोच्चले त्यसबेला विशेष अदालतले गरेको आदेशको मिसिल झिकाउन मात्रै आदेश दिएपछि उनी बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर फेरि सर्वोच्च पुगेका हुन्।































प्रतिक्रिया