जहाँ भीड त्यहाँ कोभिड, त्यसैले सर्तक बनौं : प्रधानमन्त्री (भिडियोसहित)

जहाँ भीड त्यहाँ कोभिड, त्यसैले सर्तक बनौं : प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ भीड त्यहाँ कोभिड हुने भन्दै सर्तक रहन आग्रह गरेका छन्। 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै ओलीले यस्तो आग्रह गरेका हुन्।

उनले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताए। आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका हुन्।

उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट १५ हजार पुर्याइने पनि प्रतिबद्धता व्यक्त गरेका छन्। यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपैयाँबाट ५७७ बनाइने पनि बताए।

 

Logo