सरकारद्वारा गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन

सरकारद्वारा गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन

केन्द्रबिन्दु
0
Shares

सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरिएको छ। 

यस्तै सुदूरपश्चिम प्रदेश प्रमुखमा पूर्वउपसभामुख गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेशमा यस अघि शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिइन्। दुवै प्रदेशमा माओवादी केन्द्रका प्रदेश प्रमुख रहेका थिए ।

Logo