संसद्लाई छलेर राष्ट्रपतिबाट अध्यादेश जारी भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकसाथ सात वटा अध्यादेश जारी भएकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका हुन्। उनले संसद् छलेर अध्यादेशमार्फत् शासन चलाउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। मंगलबार एक विज्ञप्ति जारी गर्दै देउवाले यसको विरोध गरेका हुन् ।
‘संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसद्लाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’, देउवाले विज्ञप्तिमा भनेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ।’































प्रतिक्रिया