चीनले सीमा अतिक्रमण गरेकोबारे विज्ञ टोली बनाई छानबिन गर्न काँग्रेस नेता कोइरालाको माग

चीनले सीमा अतिक्रमण गरेकोबारे विज्ञ टोली बनाई छानबिन गर्न काँग्रेस नेता कोइरालाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले हुम्लामा चीनले नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएको भन्दै यस सम्बन्धमा विज्ञ टोली खटाएर सत्य, तथ्य सार्वजनिक गर्नु पर्ने माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज एक सन्देश लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ। यो गम्भीर विषय हो। यस सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

Logo