प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वाव संकलन गरिएको हो।
प्रधानमन्त्रीसँगै उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब सय जनाको स्वाव संकलन गरिएको छ।
वैशाख २७ गते आह्वान गरिएको संसदको विशेष अधिवेशनका लागि यसअघि नै सांसद र संसद सचिवालयका कर्मचारीहरुको स्वाव संकलन गरिएको थियो। हालसम्म जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णसहित चार जना सांसदलाई कोरोना संक्रमण देखिएको थियो। जसमा नरमाया ढकाल, पार्वती डिसी चौधरी र रामबाबु कुमार यादव छन्।































प्रतिक्रिया