कोरोनाबाट थप १४ जना सांसद संक्रमित भएका छन्। संसद सचिवालयमा संकलन गरिएको स्वाव परीक्षणका क्रममा १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
वैशाख २७ गते हुने संसदको विशेष अधिवेशनका लागि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ।
प्रधानमन्त्री ओलीले पनि शुक्रबार बालुवाटारमा कोरोना परीक्षणका लागि स्वाव संकलन गराएका छन्।





























प्रतिक्रिया