प्रतिनिधिसभाको विशेष अधिवेशन (LIVE)

प्रतिनिधिसभाको विशेष अधिवेशन (LIVE)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।  १५ मिनेटका लागि स्थगित भएको बैठक सुरु भएको हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत माग्ने क्रम सुरु भएको छ ।  

यस अघि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसदको विशेष अधिवेशन आह्वान गरेको पत्र पढेर सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्ने सात जना सांसदहरूको नामावली सार्वजनिक गरेपछि बैठक स्थगित गरेका थिए।

प्रतिनिधिसभा नियमावली–२०७५ को नियम (१०) को उपनियम (१) बमोजम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा ती सांसदहरूले अध्यक्षता गर्ने छन्।

अध्यक्षता गर्न पाउने सांसदहरू डिला संग्रौला पन्त, मानवबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे रहेका छन्।

Skip This
Skip This
Logo