अहिले संविधानलाई नै कोरोना लागेको छ : प्रचण्ड

अहिले संविधानलाई नै कोरोना लागेको छ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यतिबेला संविधानलाई नै कोरोना लागेको बताएका छन् । देश र जनता नै कोरोनाले प्रताडित बनेको अवस्थामा नेताहरुका व्यवहारले संविधानमा पनि कोरोना लागेको बताएका हुन् ।

आज प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । 

प्रचण्डले प्रधानमन्त्रीले आफ्नो अहंकारले संसद विघटन गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले विश्वासको मत माग्ने पनि नैतिक अधिकार नभएको भन्दै प्रश्न पनि गरे । 

प्रचण्डले प्रधानमन्त्रीले सदनबाट विश्वासको मत नपाउने थाहा हुँदा हुँदै पनि मत माग्नु लोकतान्त्रिक अधिकार भएको बताएका छन् । उनले फेरि संसद विघटन गर्ने त होइन भन्दै आशंका पनि व्यक्त गरेका छन् ।

सरकारलाई विश्वासको मत दिन नसक्ने पनि प्रष्ट पारे । सदनमा बोल्दै गर्दा आफू खुसी नभएको भन्दै उनले सरकार गठन गर्दाका दिनहरु सम्झदै जुन विश्वास त्यतिबेला थियो त्यो सबै गुमेको भन्दै चिन्ता व्यक्त गरे । उनले सांसदहरु किनबेचको अवस्थासम्म पुग्नु दुखद भएको पनि बताए। 

Logo