प्रधानमन्त्रीले संसदमा अविश्वासको मत पाए लगत्तै हाल प्रतिपक्षमा रहेका तीन दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई संयुक्त आह्वान गरेका छन्।
आज साँझ संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन्।
तीनै जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत हासिल गर्न नसकेको र संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उल्लेख गरेका छन्।






























प्रतिक्रिया