राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान, दलहरुले पाए तीन दिनको समयसीमा

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान, दलहरुले पाए तीन दिनको समयसीमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । संविधानको धारा (७६) २ बमोजिम वैकल्पिक सरकार गठनका लागि आज उनले आह्वान गरेकी हुन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनको समयसीमा ३ दिन दिएकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि अहिले प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संविधानको धारा (७६) को २ बमोजिमको बहुमतको सरकारको प्रक्रिया सुरु गर्न माग गरेका थिए।

Logo