देउवाले बोलाए पदाधिकारी बैठक, सर्वदलीय बैठक स्थगित

देउवाले बोलाए पदाधिकारी बैठक, सर्वदलीय बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्।

दिउँसो १ बजे बूढानीलकण्ठमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र सरकार गठनका विषयमा छलफल गर्न उनले बैठक बोलाएका हुन्।

यसअघि बोलाइएको माओवादी केन्द्र, जसपा र एमालेको नेपाल खनालसहितको बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाइएको हो। सर्वदलीय बैठक २ बजेका लागि बोलाइएको थियो ।

कांग्रेसले आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठनको पहल सुरु गरेको छ।

Logo