जनता समाजवादी पार्टीले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्षनेताबीच छलफल गरेको छ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिए। लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उनले छलफल जारी भएकाले भोलि विहीबारसम्म पार्टीको एकीकृत धारणा तय गरिने जानकारी दिए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकिकृत निर्णय गरिने उनले बताए।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई तीन दिनको समय दिएकी थिइन्। सो समय भोलि सकिंदैछ।































प्रतिक्रिया