बहुमत नपुग्ने भन्दै माओवादी केन्द्रले सरकारको दाबी नगर्ने, ओली नै प्रधानमन्त्री हुने सम्भावना

बहुमत नपुग्ने भन्दै माओवादी केन्द्रले सरकारको दाबी नगर्ने, ओली नै प्रधानमन्त्री हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) ले बहुमतको सरकारको दाबी नगर्ने भएको छ। 

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको धारा ७६ (२) अनुसार दाबी गर्नका लागि आवश्यक बहुमत नपुग्ने निष्कर्ष निकालेको छ। 

एमाले नेता माधवकुमार नेपाल समूहले तत्काल राजीनामा नगर्ने निर्णय गरेपछि माओवादीले पनि निर्णय फेरेको हो। 

आज एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो । सो वार्तापछि नेपाल समूहले दिने भनिएको संयुक्त राजीनामा तत्काल रोकिएको छ। 

यससँगै विपक्षीहरुको नयााँ सरकार बनाउने प्रयास असफलप्राय बनेको र ओली नै दोहोरिने सम्भावना बलियो बनेको छ।

Logo