दलहरुको लामो रस्साकस्सीपछि अन्ततः केपी ओली नै प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
कुनै पनि दलले बहुमतको सरकार दाबी नगरेपछि सबैभन्दा ठूलो दलका नेताको हैशियतमा उनी प्रधानमन्त्री बनेका हुन् । ओली प्रधानमन्त्री बनेको बिहीबार राति नै राष्«पति कार्यालयले जनाइसकेको छ ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि प्रधानमन्त्री बनेका हुन्।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरेपनि निर्धारित समयमा कसैले पनि दाबी गर्न नसकेपछि ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।






























प्रतिक्रिया