वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ।
सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय कर्मचारीलाई आचारसंहिता लागू हुनेछ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय र सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन र उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति र निर्वाचन पर्यवेक्षकलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ।आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सहयोगका लागि आयोगले सबैसँग अनुरोध गरेको छ।































प्रतिक्रिया