राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पद तथा गोपनियताको शपथ लिएका छन्। दिउँसो साढे दुई बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भए अनुसार उनले शीतल निवासमा शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ खुवाएकी हुन्। 

आजै ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । सबै मन्त्री तथा उपप्रधानमन्त्रीले पनि राष्ट्रपतिबाट शपथ लिएका छन् ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन्।

सो समय अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि असफल भएका थिए। उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

Logo