कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) को बैठक सिंहदरबारमा जारी छ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतालमा बिरामी भरिएका छन् । यस्तै अस्पतालहरुमा उपकरण तथा अक्सिजनको अभाव देखिएसँगै अब चाल्नु पर्ने कदम लगायत विषयमा छलफल गर्न आज बैठक बसेको बताइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिती रहेको छ । बैठकले अस्पतालहरुमा भएका समस्याहरुको समाधानका लागि निर्णय लिन सक्ने बताइएको छ।





























प्रतिक्रिया