ओली-नेपाल वार्ता सकियो: विवाद समाधान गर्न कार्यदल गठन

ओली-नेपाल वार्ता सकियो: विवाद समाधान गर्न कार्यदल गठन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन भएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाउने निर्णय भएको हो।

बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता सकारात्मक रहेको बताए। 

यता वरिष्ठ नेता माधव नेपालका अनुसार कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहने छन्।

यस्तै नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने छन्।

Skip This
Skip This
Logo