सरकारले विश्वासको मत लिन्छ अनि मात्रै नीति तथा कार्यक्रम ल्याउँछ: मन्त्री श्रेष्ठ

सरकारले विश्वासको मत लिन्छ अनि मात्रै नीति तथा कार्यक्रम ल्याउँछ: मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम ल्याउने बताएका छन्।

मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले कोभिड–१९ सँग सम्बन्धित कार्ययोजना र सञ्चालन भइरहेका गतिविधिको स्थलगत निरिक्षण गर्ने क्रममा संक्षिप्त मन्तव्य राख्दै सरकारलाई विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउनुपर्ने दबाब भएको भन्दै सरकारले विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउने सोच बनाएको उनले बताएका हुन् । वर्तमान सरकार आँटिलो भएको पनि उनले दाबी गरे। 

उनले भने, – ‘परिस्थिति अलिकति असहज र तनावपूर्ण स्थिति छ । एक खालको तनावलाई त ल्यान्डिङ गर्यौँ। अब अहिले पनि एकखालको नीति र कार्यक्रम भन्दा पहिले विश्वास लेउ भन्नेकुरा आएको छ। हामी पनि यो सरकारले विश्वास लिएर मात्रै नीति, कार्यक्रममा जाने सोच बनाइरहेका छौँ। सरकार आँटिलै छ। सरकारले आँट गर्छ।’

मन्त्री श्रेष्ठले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट नहुनु बिडम्बना भएको बताए। बिगतमा अस्पतालहरुको क्षमता अनुसार अक्सिजन प्लान्टबिना अस्पताल सञ्चालनको स्वीकृति नदिएको भए यस्तो अवस्था नआउने भन्दै उनले अस्पतालहरुलाई अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएको पनि बताए। 

मन्त्री श्रेष्ठले नास्टले निर्माण गरेको अक्सिजनलाई टेष्ट गर्ने उपकरणको अनुगमनसमेत गरे। उनले महामारीको बेलामा नागरिकको जीवन रक्षाका लागि विज्ञान र प्रविधिको क्षेत्रबाट अनुसन्धान र अन्वेषण गर्न आग्रह पनि गरे। यो बेलामा धेरै नियम र कानुन नहेरी जनतालाई जोगाउने र बचाउने सरकारको प्रमुख नीति भएकाले नाष्टलाई अनुसन्धानका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको प्रतिवद्धता पनि उनले व्यक्त गरे।

Logo