युरोपेली देश माल्टामा प्रबासी नेपाली मञ्च गठन

युरोपेली देश माल्टामा प्रबासी नेपाली मञ्च गठन


नेकपा (एमाले) निकट प्रबासीहरुको संगठन प्रबासी नेपाली मञ्च युरोपेली देश माल्टामा पनि गठन भएको छ। 

भर्चुअल माध्यमबाट भएको एक कार्यक्रमकाबीच मञ्चको माल्टा कमिटी गठन भएको हो । माल्टामा गठन भएको यो युरोपको २० औँ कमिटी हो।

नवगठित प्रबासी नेपाली मञ्च माल्टाको अध्यक्षमा सत्यनारायण झा चयन भएका छन्, त्यस्तै उपाध्यक्षमा यमु राई, मीनबहादुर खनाल र केपी पोखरेल चयन भएका छन्। 

सुवास तिमिल्सिना महासचिव, मन्जु थापा र हरिप्रसाद पौडेल सचिब र लक्षु गिरि प्रबक्ता चयन भएका छन्। यस्तै भरत अर्याल कोषाध्यक्ष र सुशील अर्याल सहकोषाध्यक्षमा चयन भएका छन्।

नब गठित माल्टा कमिटीको प्रबासी नेपाली मञ्च स्पेनका पूर्वअध्यक्ष तथा एनआरएनए यूरोप उपसंयोजक मुक्तबहादुर गुरुङले घोषणा गरेका थिए। नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवं प्रवास इन्चार्ज राजन भट्टराईले सपथ गराएका थिए।

प्रमुख अतिथि रहेका भट्टराईले मन्तव्यका क्रममा अहिले सरकारको पुरा ध्यान कोभिड रोकथाममा रहेको भन्दै सरकारको यस काममा प्रबासबाट पनि सहयोग जारी राख्न आग्रह गरेका थिए।

Logo