अदालतका आदेशको कार्यान्वयन गर्न बार एशोसिएशनको आग्रह

अदालतका आदेशको कार्यान्वयन गर्न बार एशोसिएशनको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एशोसिएशनले महामारीका अवस्थामा जनताको स्वास्थ्योपचार र जीवनयापनको समस्या समाधानका लागि सर्वोच्च अदालतले दिएको आदेशको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको  छ। 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्नुपर्ने विषयमा सर्वोच्च अदालतका संयन्त्र क्रियाशील हुन आग्रह गरेका छन्।

बारले महामारीमा कुनै पनि कानून व्यवसायीलाई पर्न सक्ने आकस्मिक असहज परिस्थितिको सहजीकरणका निम्ति सहयोग कक्षको समेत व्यवस्था गरेको छ। बारले कानून व्यवसायी कतिपयले पहिलो चरणको खोप लगाएर दोस्रो चरणको नपाएका अवस्थामा प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनसमेत आग्रह गरेको छ।

Logo