राष्ट्रियसभा सदस्यका लागि मतदान बिहान ८ बजेदेखि सुरु भएको छ। मतदान स्थलमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित कांग्रेस, माओवादी केन्द्रका साझा उम्मेद्वार हुन् । यस्तै तामाङ नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।
हेटौँडाको भुटनदेवी माविमा रहेको मतदानस्थलमा गृहमन्त्री तथा राष्ट्रियसभा उम्मेदवार बादल पुगिसकेका छन्।
दिउँसो ३ बजेसम्म मतदानको समय छुट्याइएको छ । मतगणना आजै साँझ हुने आयोगले जनाएको छ।





























प्रतिक्रिया