जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईले लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार बनाउन पर्ने धारणा राखेका छन्।
डा भट्टराईले ट्वीटमार्फत संसद, संविधान र लोकतन्त्रको रक्षा गर्न जे गर्दा सम्भव हुन्छ त्यही गर्न दलहरुलाई आग्रह गरेका छन् ।
भट्टराईले बिपी र पुष्पलालदेखि आफूहरुको पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने बताए।
भट्टराईले ट्वीटरमा लेखेका छन्ः– ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो। जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवस्यक त्याग/बलिदान गरौं। लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊ। आजै गरौं, अहिल्यै गरौं ! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ।’





























प्रतिक्रिया