प्रधानमन्त्री केपी ओलीले वैकल्पिक सरकार गठनका लागि के अढाई महिनाको समय दिनुपर्ने हाे, भन्दै प्रश्न गरेका छन्।
उनले दलहरू मिलेको अवस्थामा २४ घण्टामै सरकार बन्न सक्ने पनि बताए।
उनले भने, ‘आज दिनभरीमा दलहरू मिलेर वैकल्पिक सरकार गठनमा जान सक्दैनन्? सक्छन्’, उनले पत्रकार सम्मेलन गर्दै भने, ‘अस्ती अढाइ महिनासम्म अविश्वासको प्रस्ताव पर्खें, ल्याउन सकेनन् र संविधानको धारा ७६ ( २) अनुसारको सरकार गठन ३ दिनको समयसीमामा गर्न सकेनन्, फेरि त्यही अढाइ महिना दिनु?’
उनले वैकल्पिक सरकार बने एमालेले सरकारलाई रचनात्मक सहयोग गर्ने पनि बताए। सधैं किचकिच नगरेर समय नबिताउने पनि उनले बताए।





























प्रतिक्रिया