नयाँ सरकार गठनको प्रस्ताव लिएर विपक्षीदलहरु शीतलनिवासमा

नयाँ सरकार गठनको प्रस्ताव लिएर विपक्षीदलहरु शीतलनिवासमा

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव र एमालेको माधव नेपाल समूहका १४९ सांसदको हस्ताक्षर लिएर नयाँ सरकारको दाबी गर्दै विपक्षी दलहरु राष्ट्रपति भवन शीतल निवास गएका छन् । 

कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकपछि उनीहरु शीतल निवास गएका हुन् । केहीबेरमै उनीहरुले संविधानको धारा ७६(५) बमोजिम सरकारको दाबी गर्ने बताइएको छ । 

उनीहरुबीच सहमति भए पनि कसको नेतृत्वमा सरकार बन्ने बारेमा भने केही खुलाएका छैनन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले सहमति भइसकेको बताए । उनले १४९ जना सांसदको हस्ताक्षर भएको पनि जानकारी दिएका छन् । जस मध्ये एमालेको माधव नेपालसमूहका २७ जना सांसद रहेका छन् ।

Logo