प्रधानमन्त्रीसँग बहुमत भए किन वैकल्पिक सरकारको प्रक्रिया चालिन्थ्यो?: संविधानविद् अधिकारी

प्रधानमन्त्रीसँग बहुमत भए किन वैकल्पिक सरकारको प्रक्रिया चालिन्थ्यो?: संविधानविद् अधिकारी

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले संविधानको धारा ७६ (५) अनुसारको सरकारका लागि दावी प्रस्तुत गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ। उनले १५३ जना सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकारको नेतृत्वमा दाबी गरेका हुन्।

त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका थिए।

वैकल्पिक सरकार गठनका लागि सरकार चलाउन मन नै नलागेको बताउने स्वयं ओलीले पनि दाबी प्रस्तुत गरेपछि संविधानविद् विपीन अधिकारीको प्रश्न छ, ‘आफूसँग बहुमत १५३ सांसद भए किन वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिलाई सिफारिश गरियो ? अनि, किन २७ वैशाखमा विश्वासको मत लिन सकेनन्?

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार वैकल्पिक सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी थिइन्। उनले शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन्। सोही अनुसार ओली र देउवाले बहुमतको दावी गर्दै वैकल्पिक सरकार गठनका लागि दाबी प्रस्तुत गर्न पुगेका हुन्।

संविधानविद् अधिकारी दुवै जनासँग बहुमत नहुने र एक जनासँग हुने भएकाले बहुमत पुष्टि गर्नेलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने जिम्मा राष्ट्रपतिको भएको बताए।

‘दुवै जनासँग त कुनै पनि हालतमा बहुमत हुँदैन, हुने भनेको त एक जनासँग हो’, संविधानविद् अधिकारीले भने, ‘बहुमत पुष्टि गरेर प्रधानमन्त्री नियुक्त गर्नुपर्छ, त्यो जिम्मेवारी राष्ट्रपतिको हो।

बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमार्फत संविधानको धारा ७६ (५) अनुशारको वैकल्पिक सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए।

Logo