कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिलाई दियाे चेतावनी, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ’

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिलाई दियाे चेतावनी, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ’

केन्द्रबिन्दु
0
Shares

सरकारले रातारात संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  सामाजिक संजाल ट्वीटरमार्फत यो निर्णय सरकारको अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको कोतपर्वको संज्ञा दिएका छन्।

शर्माले भनेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो' 
'बुझि राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ,  संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ।'

शर्माले भनेका छन्, ‘महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि, इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा’

प्रधानमन्त्री ओलीलाई सचेत गराउँदै शर्माले भने, ‘हेक्का रहोस्, जनतापछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ।’

Skip This
Skip This
Logo