विप्लव भन्छन्-‘संसदीय व्यवस्था पूर्ण असफल, अबको आवश्यकता जनमतसंग्रह’

विप्लव भन्छन्-‘संसदीय व्यवस्था पूर्ण असफल, अबको आवश्यकता जनमतसंग्रह’

केन्द्रबिन्दु
0
Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय व्यवस्था पूर्णरुपले असफल भएको बताएकाे छ।

झण्डै दुईतिहाई जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार दुबै असफल भएकै कारण आज पुनः संसद विघटन भएको समेत बताएका विप्लवले छन्। विप्लवले यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको नेकपाको ठहर रहेको बताए।

नेकपा महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने समेत दाबी गरेका छन् । 

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले बताएका छन् ।

'राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन् ।

'आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।' विज्ञप्तिमा उल्लेख छ।

विप्लव नेतृत्वको नेकपाले वर्तमान राजनीतिक संकटलाई सरकारको मात्र असफलता बताउन नहुने भन्दै फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको समेत बताएको छ।

Logo