२०४७ को संविधानलाई टेकेर गोलमेच सम्मेलन गर्न राप्रपा नेपालको माग

२०४७ को संविधानलाई टेकेर गोलमेच सम्मेलन गर्न राप्रपा नेपालको माग

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालले २०४७ सालको संविधानलाई टेकेर गोलमेच सम्मेलन गर्न माग गरेको छ।

गोलमेच सम्मेलनबाट सर्वपक्षीय सरकार बनाएर त्यसैले निर्वाचन गर्नुपर्ने उसको माग छ। पार्टीले आज विज्ञप्ति जारी गर्दै वर्तमान संविधान र सिस्टम असफल भएको पनि दाबी गरेको छ। 

शुक्रवार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बन्नका लागि दिएका दुवै दाबी जाली र किर्ते भएको पार्टीको ठहर छ। आफूहरुले भनेको माग पूरा नभए पार्टी र जनता सडकमा उत्रने उसले चेतावनी दिएको छ।

विज्ञप्तिमा केन्द्रीय अध्यक्ष लाक्पा तामाङ, वरिष्ठ नेता विक्रमबहादुर बम र राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले हस्ताक्षर गरेका छन्।

Logo