पाँच दलका १४९ सांसद सर्वोच्च अदालत जाने

पाँच दलका १४९ सांसद सर्वोच्च अदालत जाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध १४९ जना सांसद सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता जमाजवादी पार्टी (जसपा)का उपन्द्र यादव र बाबुराम भट्टराई समूह तथा राष्ट्रिय जनमोर्चाका गरी पाँच दलका १४९ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न हस्ताक्षर गरेका थिए।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्।  यसका कदमका विरुद्ध १४९ जना सांसद रिट निवेदन बोकेर सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् । 

Logo