विपक्षी गठबन्धन सर्वोच्च जाँदै, सांसदलाई नागरिकतासहित भेला हुन निर्देशन

विपक्षी गठबन्धन सर्वोच्च जाँदै, सांसदलाई नागरिकतासहित भेला हुन निर्देशन

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेका छन् । उनीहरु आजै मुद्दा दर्ता गराउने तयारी अवस्थामा रहेका छन्।

त्यसका लागि गठबन्धनमा आबद्ध दलले आज आफ्ना सांसदलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएको बताइएको छ।

सम्पूर्ण तयारी सकिए आजै मुद्दा दर्ता गरिने नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले केन्द्रबिन्दुलाई जानकारी दिए।

संसद पुनःस्थापना र संविधानको धारा ७६ (५) अनुसार पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले बताए।

शनिबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको यादव–भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णयसहितको प्रेस वक्तव्य निकालेका थिए।

यसअघि पनि पुस ५ गते प्रतिनिधिसभा विघटन गरिँदा सर्वाेच्च अदालतले प्रधानमन्त्री/राष्ट्रपतिको निर्णय उल्ट्याउँदै संसद् पुनःस्थापना गराएको थियो। त्यहि नजिर स्थापीत हुने प्रधानको विश्वास छ।

Logo