धारा ७६(५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो र?: कमल थापा

धारा ७६(५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो र?: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा अध्यक्ष कमल थापाले दलीय अनुशासन विपरित अन्य दलका सांसदको हस्ताक्षर गराएर सरकारको नेतृत्व दावी गर्नु निर्दलीय चरित्र हुने बताएका छन्।

थापाले संविधानको धारा ७६(५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो भन्ने प्रश्न गरेका छन्।

उनले दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो ? भन्ने प्रश्न पनि गरेका छन्।

थापाले ट्वीटमार्फत लेखेका छन्–यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने, सांसद किनबेच गर्ने काम बैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न, क्षणिक स्वार्थ नहेरौं। 

एमालेका २७ जना सांसद र जसपाका १२ जना सांसदको हस्ताक्षरमा देउवाले प्रधानमन्त्री दावी गरेको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो।

Logo