एमाले सांसद शान्ता चौधरीद्वारा आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता

एमाले सांसद शान्ता चौधरीद्वारा आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलकी पूर्वसचेतक शान्ता चौधरीले सांसद विघटन भएपछि आफूले राज्यबाट प्राप्त गाडि सरकारलाई बुझाएको बताएकि छिन्।

पार्टीले दिएको जिम्मेवारी अनुसार अनुशासनमा रहेर काम गरें, सुबिधा पनि पाएँ तर, शुक्रबार मध्यरातिबाट मेरो पद पनि रहेन सांसद पनि रहेन। पद नरहेपछि राज्यको स्रोत दोहन गर्न नहुने भन्दै आइतबार सवारी साधन बुझाएको उनले भनिन्। उनी बा.१ झ ९१६० नम्बरको स्र्कापियो चढ्थिन्।

पूर्वसचेतक चौधरीले कसैको दबावमा नभएर आफ्नो स्वविवेकले यस्तो निर्णय गरेको र अरुलाई पनि राज्यको स्रोत दोहन नगर्न अनुरोध गरिन्।

चौधरी दाङबाट निर्वाचित संसद हुन्। पार्टीमा उनी ओली निकट छिन्। उनले आइतबार ट्वीटरमार्फत राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरि राज्यलाई नै फिर्ता गरियो भन्दै ट्वीट गरिन्।

उनले ट्वीटरमा लेखेकी छिन्ः–
राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि  आजबाट राज्यलाई नै फिर्ता गरियो।

Logo