रिट निवेदन दायरपछि गठबन्धनका निवर्तमान सांसदहरू भोलि सर्वोच्च जाने

रिट निवेदन दायरपछि गठबन्धनका निवर्तमान सांसदहरू भोलि सर्वोच्च जाने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनको निर्णयलाई उल्टाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट निवेदन दायर गरेको विपक्षी गठबन्धनमा रहेका निवर्तमान सांसदहरू भोलि मात्रै सर्वोच्चमा जाने भएका छन्।

हस्ताक्षर र नागरिकतासहित उनीहरू सर्वोच्च जाने भएको माओवादी केन्द्रका निवर्तमान सांसद सुरेशकुमार राई ‘हिमाल’ ले बताए।

१४९ जना निवर्तमान सांसद रहेको गठबन्धनको दाबी छ। गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्षधर, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षधर र राष्ट्रिय जनमोर्चा सम्मिलित छ।

शुक्रबार संविधानको धारा (७६) को (५) अनुसार वैकल्पिक सरकार गठनका लागि एमाले अध्यक्षसमेत रहेका केपी ओली र देउवाको बहुमतको दावी नठहरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी थिइन्। 

लगत्तै मन्त्रिपरिषद् बैठक बसेर ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विपक्षी गठबन्धन आइतबार सर्वोच्चमा रिटसहित पुगेको हो।

Skip This
Skip This
Logo